बीमा कम्पनीले घटाए शाखा कार्यालय

काठमाडौं । एक वर्षको अन्तरालमा बीमा कम्पनीहरुको शाखा कार्यालय १४ वटा घटेका छन् । नेपाल बीमा प्राधिक।रणले सार्वजनिक गरेको बीमा प्रतिबीम्बअनुसार चालु आवको जेठसम्ममा शाखा कार्यालय ११ वटा घटेका हुन् ।

प्राधिकरणका अनुसार जेठमसान्तसम्ममा देशभर बीमा कम्पनीहरुको शाखा कार्यालय २ हजार ९९३ वटा रहेका छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरुको शाखा कार्यालय ३ हजार ७ वटा रहेका थिए । 
बीमा कम्पनीहरु एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेसँगै एकै स्थानमा भएका शाखा कार्यालयसमेत मर्ज गराई घटाएका हुन् । 

जेठ मसान्तसम्ममा जीवन बीमातर्फ १ हजार ८३८ शाखा कार्यालय सञ्चालनमा छन् । जुन गत आवको यही अवधिको तुलनामा ०.६५ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय १ हजार ८५० वटा थिए । 

त्यसैगरी निर्जीवन बीमातर्फ १ हजार १५५ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । गत आवको यही अवधिमा निर्जीवन बीमातर्फ १ हजार १५७ शाखा कार्यालय सञ्चालनमा थिए । गत आवको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय ९.१७ प्रतिशतले घटेको छ । 


 

Share News