काठमाडौं । बैंकिङ कसुरमा कैद र जरिवाना भइ फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । ५१ वर्षीय निमा लामा शेर्पालाई काठमाडौं उपत्यका अपराधा अनुसन्धान कार्यालयको टोलीले चावहिलबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतले २०७९ माघ ६ गतेको फैसलाले लाख १० दश हजार रुपैयाँ र पाँच दिनको कैद ठहर गरेको थियो ।
हाल सम्म फरार रहेका शेर्पालाई खोजतलास चावहिलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।