११ महिनामा १२ अर्ब ५९ करोड पोलिसी सरेण्डर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्ममा ८३ हजार ४४२ वटा बीमालेख सरेण्डर अर्थात समर्पण भएका छन् । जसअन्तर्गत १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ सरेण्डर रकम रहेको छ । 

११ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ७.०१ प्रतिशतले घटेको छ । गता आवको यही अवधिमा ९८ हजार ४१ बीमालेखको १३ अर्ब ५४ करोड १५ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको थियो । 

११ महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार चालु आवको ११ महिनामा १० लाख २७ हजार ९६३ बीमालेख व्यतित भएका छन् ।

उक्त संख्याको बीमालेख व्यतित हुँदा ३८ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ ।
गत आवको यही अवधिमा १२ लाख ४३ हजार ७६९ बीमालेख व्यतित हुँदा ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ कम्पनीलाई घाटा भएको थियो । 
 

Share News