कलेज अगाडि पार्किङ गरेको स्कुटर चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । कलेज अगाडि पार्किङ गरेर राखेको स्कुटर चोरी गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । आइतबार २० वर्षीय दिपेन्द्र भण्डारीसहित तीन जनालाई गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले बा ५६ प ९४० नम्बरको र प्र.३-०२-००४ प ०४३० नम्बरको समेत २ वटा चोरीको स्कुटर सहित नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

गत बिहीबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका ७ चाबहिल स्थित विनायक कलेज अगाडि पार्किङ गरी राखेको स्कुटर उनीहरूले चोरी गरेका थिए ।

उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।

Share News