न्युरोडबाट ४० लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । न्युरोडबाट स्रोत नखुलेको रकमसहित २३ वर्षीय स्वरूपराज दवाडी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले दवाडीलाई ४० लाख रुपैयाँसहित पक्राउ परेको जानकारी दिए ।

दवाडीले चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थामा रकम संकलन गर्ने गरेको खड्काले जानकारी दिए । 

गोरखा, सिरानचोक ८ जौवारीका दवाडी हाल जरंखु काठमाडौंमा बसोबास गर्दै आएका थिए ।

Share News