काठमाडौं । लेखक अर्पण पौडेलद्वारा लिखित नयाँ उत्प्रेरणात्मक पुस्तक ‘श्री अभ्यास’ प्राज्ञिक विद्यार्थी परिषद, नेपालको स्नेह मिलन कार्यक्रममार्फत सार्वजनिक गरिएको छ ।
हिन्दु पौराणिक दर्शन र आधुनिक जीवनशैलीको अनुपम संगम समेटिएको उक्त पुस्तकले पाठकहरूमा सकारात्मक परिवर्तन ल्याउँदै विजयी विशेषताहरू विकास गर्ने उद्देश्य राखेको लेखकले बताएका छन् ।
पौडेलले पुस्तकलाई अध्ययन, अनुशरण र अभ्यास गरी तीन व्यावहारिक चरणमा वर्गीकरण गर्दै सनातन धर्मशास्त्रका कालजयी शिक्षाहरूलाई सरल र सहज ढंगले प्रस्तुत गरेका छन् ।
पुस्तकमा संकल्प, निष्काम कर्म, धैर्य र नेतृत्वजस्ता महत्वपूर्ण विषय समेटिएका छन् । शिखा बुक्सद्वारा प्रकाशित ‘श्री अभ्यास’ पुस्तकघरलगायत देशभरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहेको छ ।