एनआईसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले बिनाब्याज अनर स्मार्टफोन खरिद गर्नसक्ने

काठमाडौं । एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले बिनाब्याज अनर स्मार्टफोन खरिद गर्नसक्ने भएका छन् ।

बैंक नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको आधिकारिक रिसेलर ईफिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र ईफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि डाउनपेमेन्ट र अतिरिक्त ब्याज बिना अर्थात् शून्य प्रतिशत ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोनहरू खरिद गर्न सक्नेछन् । 

ग्राहकहरूले आकर्षक स्मार्टफोनहरू खरिद गर्दा अधिकतम १२ महिनासम्मको अवधिमा मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न पाउने लाभ हासिल गर्नेछन् । 

यसका लागि ग्राहकले बैंकको अनलाइन पोर्टलबाट सहजै आवेदन दिई आफ्नो भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।  

त्यसैगरी विदेशमा रहेका नेपालीहरूले समेत नेपालमा आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्ने छन् । 

प्रवासी नेपालीहरूले ईफिक्स नेपालको वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ुसाइबरसोर्सु प्रणालीमार्फत सुरक्षित भुक्तानी गरी यो सुविधा लिन सक्नेछन् । 

यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड सहजै प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । 

Share News