काठमाडौं । सुदूरपश्चिमको धनगढीस्थित् गेटामा रहेको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबीबीएस सहित चिकित्सा शिक्षाका चार वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिने भएको छ ।
अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै यस्तो घोषणा गरेका हुन् ।
विश्वविद्यालयले चिकित्सा शिक्षा विस्तार र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनलाई लक्ष्य गर्दै नयाँ शैक्षिक कार्यक्रमहरू सुरु गर्न लागेको हो ।