काठमाडौं । सरकारले नेपालको स्वास्थ्य शिक्षा र उपचार प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
आगामी आर्थिक वर्ष २०८३ /०८४ को बजेटमार्फत सरकारले त्रिभुवन शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरिने घोषणा गरेको हो ।
सरकारले यी संस्थालाई विदेशी विद्यार्थीलाई समेत स्वास्थ्य शिक्षा प्रदान गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ । यससँगै नेपाललाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्र बनाउने रणनीति अघि सारिएको छ ।