काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा स्वास्थ्य क्षेत्रबाट चारजना प्रतिनिधि निर्वाचित भएका छन् ।
एसोसिएटतर्फ ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी,फर्च्यूना हेल्थ केयरका बाबुकाजी कार्की निर्वाचित भएका छन् भने वस्तुगततर्फ रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)का अध्यक्ष भक्तबहादुर हमाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार भण्डारीले १ हजार ४३ मत प्राप्त गर्दै जित हात पारेका हुन् भने कार्कीले १ हजार ६ मत प्राप्त गर्दै जितेका हुन् । अधिकारी र उनका प्रतिस्पर्धीबीच समान मत आएपछि दुवैले आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन् ।