सार्वजनिक बिदाका दिन पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेकाले ओपिडी सेवा प्रभावित हुनसक्ने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्देशन जारी गरिएको हो।

मन्त्रालयले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन मिलाई ओपिडी सेवा नियमित सञ्चालन गर्न सबै सरकारी अस्पताललाई आग्रह गरेको जनाएको छ।

Share News