अमेरिकी विशेषदूत गोर आज काठमाडौं आउँदै, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग छुट्टाछुट्टै भेट्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य र दक्षिण एसियाली मामिला हेर्ने विशेषदूत सर्जिओ गोर बिहीबार काठमाडौं आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्त लोकबहादुर क्षेत्रीले गोर आज नेपाल आउन लागेको जानकारी दिए । 

क्षेत्रीका अनुसार गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन् ।

दुवैजनासँग गोरले छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

गोर भारतका लागि राजदूत पनि हुन् ।

Share News