काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषद सदस्य सुदन किरातीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत करिब पाँच महिनाको राजनीतिक यात्राप्रति आभार व्यक्त गर्दै संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका हुन् ।
किरातीले पार्टी छाडे पनि देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने उल्लेख गरे ।
उनले जनताको विश्वास र सहिदहरूको बलिदानलाई आधार मानेर आगामी दिनमा पनि निरन्तर अघि बढ्ने जानकारी दिए ।
जेनजी आन्दोलनपछि उनले नेकपा माओवादी केन्द्र छाडेर डा. बाबुराम भट्टराई र जनार्दन शर्मासँग मिलेर प्रलोपा गठन गरेका थिए ।