काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर तामाङ (कान्छाराम)सँग स्पष्टीकरण सोधेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको हो ।
रामेछापका जिल्ला सभापति र पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे ।
‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वकाविरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछ,’ सोधिएको स्पष्टीकरणमा भनिएको छ ।
तामाङले सभापति गगन कुमार थापासँग ३ अर्ब रूपैयाँ रहेको बताएका थिए । ‘शेरबहादुरले जित्यो भने गगनले पार्टी फुटाउँछ, फुट्नुभन्दा उसैले (गगन)जितोस् न । उसँग टन्नै पैसा छ । एक अरब अस्ती (चुनावमा) खर्च ग¥यो, २ अरब अझै छ,’ उनले भनेका थिए । उनको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।