भुपदेव साह बने रास्वपाको महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतीमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाइएको छ ।

त्यसैगरी, बैठकले आफ्नो साङ्गठनिक संरचनालाई थप विस्तार गर्दै केन्द्रीय र संघीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । 

विशेष गरी समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै संघीय नेतृत्व मञ्चमा सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका राम सिंह थारू, मोरङका जीवन धामी, कैलालीकी प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई जिम्मेवारी सुम्पिएको छ ।

यसैगरी, पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन केन्द्रीय सल्लाहकार परिषदमा पनि नयाँ सदस्यहरू थपिएका छन् । जसमा काभ्रेकी जीवन प्रभा लामा, नवलपरासी (पूर्व) का मोती प्रसाद पंगाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका विष्णुहरि शर्मा मनोनित भएका छन् । 

पार्टीले संगठनलाई थप चलायमान र सुव्यवस्थित बनाउने उद्देश्यका साथ यी परिषदहरूलाई पूर्णता दिएको हो ।

त्यसैगरी, लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन भएको छ । परिमार्जित लेवीअनुसार अब सांसदले १५ हजार, मन्त्रीले १८ हजार र स्वकीय सचिवले २ हजार रुपैयाँ लेवी तिर्नुपर्नेछ ।

यस्तो छ रास्वपाको सचिवालय सदस्य  :

रवि लामिछाने- सभापति 

स्वर्णिम वाग्ले- उपसभापति

कविन्द्र बुर्लाकोटी- महामन्त्री 

भुपदेव साह- महामन्त्री

विपिन आचार्य- सहमहामन्त्री 

लिमा अधिकारी- कोषाध्यक्ष 

बसुमाया तामाङ- सहकोषाध्यक्ष्य
 
मनिष झा- प्रवक्ता 

गणेश पराजुली- सचिवालय सदस्य 

दिपक बोहरा- सचिवालय सदस्य 

विराजभक्त श्रेष्ठ- सचिवालय सदस्य 

शिशिर खनाल- सचिवालय सदस्य
 
सोबिता गौतम- सचिवालय सदस्य
 
हरि ढकाल- सचिवालय सदस्य 

सागर ढकाल- सचिवालय सदस्य 

सरिता श्री ज्ञवाली- सचिवालय सदस्य

Share News