काठमाडौं । नेकपा एमालेका सचिव भानुभक्त ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको सम्पर्क कार्यालयमा पुगेका छन् ।
ढकालसहित विभिन्न जनसंगठनका शीर्ष नेताहरूको टोली पूर्वराष्ट्रपति भण्डारीसँग भेट गर्न नयाँ बानेश्वर पुगेका हुन् ।
ढकाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीका नजिकका नेता मानिन्छ ।
उनी एमालेका तत्कालीन महासचिव तथा पति मदन भण्डारी स्मृतिको स्मृति दिवस मनाउने विषयमा छलफल गर्न नयाँ बानेश्वरस्थित भण्डारीको कार्यालय पुगेको भण्डारीको सचिवालयले जनाएको छ ।
मदन भण्डारीको ३२ वर्ष पहिले दासढुङ्गामा गाडी दुर्घटनामा परी निधन भएको थियो । उनी एमालेले अँगालेको जनताको बहुदलीय जनवादका प्रतिपादक हुन् ।