काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पदका लागि सांसद भरतबहादुर खड्कालाई अघि सारेको छ ।
पार्टीको संसदीय दलले बिहीबार बसेको बैठकमार्फत खड्कालाई उक्त पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार खड्काले आजै सार्वजनिक लेखा समितिको सभापति पदका लागि मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका विभिन्न संसदीय समितिहरूमा सभापति चयनका लागि आज मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ ।