काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गतेका घटनाबारे सरकारले गठन गरेको आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको बताएको छ ।
सो प्रतिवेदनको थप अध्ययनका लागि पार्टीले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको नेतृत्वमा विज्ञसहितको अध्ययन समिति गठन गरेको थियो ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारद्वारा गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले पेस गरेको प्रतिवेदनलाई कांग्रेसले गहिरो रूपमा समीक्षा गरिरहेको जानकारी दिए।
प्रवक्ता चालिसेका अनुसार उक्त समितिले लामो समयसम्म अनुसन्धान, विश्लेषण र अध्ययन गरी ५२ पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ ।
उक्त प्रतिवेदन पार्टी नेतृत्वसमक्ष प्रस्तुत भइसहेको छ । ‘समितिले दिएको निष्कर्ष र सुझावका आधारमा नेपाली कांग्रेसले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्नेछ,’ उनले भने ।