कांग्रेसले चुनावमा अन्तर्घात गर्ने विरुद्ध उजुरी दिने समय थप्यो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि निर्वाचनमा पार्टीलाई अन्तर्घात गर्नेलाई कारवाही गर्नका लागि उजुरी दिन एक महिना समय थप गरेको छ ।

बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी दिन तोकिएको समय एक महिना थप गरेको जानकारी दिएको हो । 

यसअघि २०८२ चैत मसान्तसम्म उजुरी पेश गर्न दिएको समयावधि बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्याउने निर्णय गरेको अनुशासन समितिका अध्यक्ष तारामान गुरुङले बताए । 

गुरुङका अनुसार बैशाख मसान्तसम्म पार्टीले कारवाही अगाडि बढाउनेछ । वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि कुनै पनि कारबाही नहुने बताए ।

Share News