ग्लोबल आइएमई लघुवित्तको नाफामा १२१.९० प्रतिशत उछाल, ईपीएस ३८.११ रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८१÷८२ मा खुद नाफा १२१.९० प्रतिशत बढेर २३ करोड ५८ लाख ७२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले १० करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

लघुवित्तको खराब कर्जा ह्वात्तै घटेपछि नाफा बढ्न पुगेको हो । अघिल्लो वर्ष ४.०७ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.६२ प्रतिशतमा झरेको छ । 

गत वर्ष लघुवित्तले ७५ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ६३ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

गत वर्ष लघुवित्तले ८ करोड ५२ लाख ४ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, ८४ करोड ४९ लाख ३१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, ३३ करोड ७२ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा १७ करोड १९ लाख ९ हजार रुपैयाँ रहेको छ  ।

गत वर्ष लघुवित्तले ३३ करोड ७६ लाख १६ हजार रुपैयाँ कर्मचारी खर्च, ६ करोड ३९ लाख ३३ हजार रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७१ करोड ३९ लाख १० हजार रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष १७.१६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तको गत वर्ष दोब्बर बढेर ३८.११ रुपैयाँ पुगेको छ । लघुत्तिको मूल्य आम्दानी अनुपात ३४.६५ गुणा छ भने प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ रहेको छ ।

Share News