१३.७१ प्रतिशत बढ्यो सीआईटीको नाफा, २.८९ खर्ब रुपैयाँ पुग्यो लगानी

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २५ करोड ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कोषले १ अर्ब १० करोड २४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कोषले १३.७१ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

गत वर्ष कोषले ३३ करोड ७४ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी, १ अर्ब ६५ करोड ३५ लाख ६५ हजार रुपैयाँ सेवा शुल्क तथा कमिशन आम्दानी, १० करोड ६४ लाख १४ हजार रुपैयाँ विविध आम्दानी र २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ कुल आम्दानी गरेको छ ।

अघिल्लो वर्ष कोषले ४४ करोड २५ लाख ४८ हजार रुपैयाँ ब्याज आम्दानी, १ अर्ब ४१ करोड १२ लाख ५१ हजार रुपैयाँ सेवा शुल्क तथा कमिशन आम्दानी, ७ करोड ११ लाख ४१ हजार रुपैयाँ विविध आम्दानी र १ अबए ९२ करोड ४९ लाख ४० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

यस्तै, गत वर्ष कोषले २७ करोड ६१ लाख ३३ हजार रुपैयाँ व्यवस्थापन खर्च, १४ करोड ७३ लाख ३९ हजार रुपैयाँ खर्च व्यवस्था र ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कोषले ३२ करोड ७५ लाख १५ हजार रुपैयाँ व्यवस्थापन खर्च, १२ करोड ७५ लाख ४५ हजार रुपैयाँ खर्च व्यवस्था र ४५ करोड ५० लाख ६० हजार रुपैयाँ कुल खर्च गरेको थियो ।

६ अर्ब ४८ करोड १७ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी र २० अर्ब ११ करोड ७३ लाख १६ हजार रुपैयाँ जगेडा कोषमा रहेको छ । 

कोषले गत वर्ष २ खर्ब ८९ अर्ब १६ करोड ६६ लाख ६२ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष कोषले २ खर्ब ४३ अर्ब ७२ करोड १८ लाख ८० हजार रुपैयाँ लगानी गरेको थियो ।

गत वर्ष कोषको प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २०.७५ रुपैयाँ थियो । 

Share News