ग्लोबल आइएमई समुन्नत योजना बिक्रीमा, १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल

काठमाडौं । सेयर, सेयर, सेयर ! टोलमा, क्याफेमा, अफिसमा, सबैतिर सबै जना सेयरको कुरा गर्छन् । 

एउटाले सेयरबाट मालामाल कमायो भन्छ । अर्कोले फाइदा लिनै नजानेको कुरा गर्छ । अर्कोले ठूलो रकम गुमाएको कुरा गर्छ । यसले तपाईंलाई दुविधा बनाएको हुनसक्छ । 

पुँजी बजारमा लगानी गर्न इच्छा छ तर प्रयाप्त जानकारी छैन, उच्च जोखिम लिनु हुन्न भन्ने सोचमा हुनुहुन्छ भने म्युचुअल फण्डमा लगानी गर्नु तपाईंको लागि सजिलो विकल्प हुनसक्छ । 

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ बिक्रीमा अर्थात सार्वजनिक निष्काशनमा ल्याएको छ । १ अर्ब २० करोडको यस कोषमा लगानीकर्ताको माग बढी भएको अवस्थामा १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । 

यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलका अनुसार यस योजनाका इकाईधनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । 

बैंकले ५ प्रतिशतभन्दा कम ब्याज दिइरहेको र सेयरमा लगानी गर्न पनि जोखिम देख्ने लगानीकर्ताको लागि यो राम्रो अवसर भएको जानकारहरू बताउँछन् । 

वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत लाभांश दिने कम्पनीको प्रक्षेपण मन पर्यो ? मन परेको छ भने तपाईले असार २२ गतेदेखि मेरो सेयरमा अनलाइन आवेदन गर्न गर्न सक्नु हुनेछ । लगानी आवेदन छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन बन्द हुनेछ । 

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रति इकाई मूल्य १० रहेको यस म्युचुअल फण्डमा एक हजार रुपैयाँदेखि अधिकतम १ करोड २० लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यो फण्ड १० वर्ष अवधिको हो । २०९२ साल साउनमा यो योजना सकिनेछ र लगानीकर्ताको लगानी फिर्ता हुनेछ ।
 
यो म्युचुअल फण्ड नेपाल स्टक एक्सचेञ्ज सूचीकृत हुने भएकोले आफूलाई चाहेको बेलामा बेलामा बेचेर पैसा लिन पाइन्छ ।  यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस म्युचुअल फण्ड र यसको व्यवस्थान राम्रो छ भन्ने हो । 

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरू सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।
 

Share News