काठमाडौं । भन्सार विभागले निकासी पैठारी संकेत (एक्जिम कोड) लिँदा बैंक जमानत राख्नुपर्ने प्रावधान हटाएको छ । यसअघि एक्जिम कोड लिँदा बैंक जमानत राख्नुपर्ने व्यवस्था गरेकोमा फुकुवा गरेको विभागले जनाएको छ ।
निकासी पैठारी संकेत नम्बर प्रदान गर्दा साविकमा भन्सार विभागको नाममा तीन लाख रुपैयाँ बराबरको बैंक जमानत सम्बन्धी व्यवस्था थियो । भन्सार नियमावली, २०६४ (सोह्रौ संशोधन २०८२ को नियम ६६घ को उपनियम (२) को खण्ड (ख) र नियम ६६६१ को उपनियम (३)बाट हटाइएको विभागले जनाएको छ ।
साथै, उक्त व्यवस्था हटाएसँगै बैंकका शाखा कार्यालयहरूमा विभिन्न पैठारीकर्ताहरुले एक्जिम कोड लिँदा राखेको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
