काठमाडौं । सरकारले देशका तीन स्थानमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पाल्पा, सुनसरी र दाङ जिल्लामा पेट्रोलियम पदार्थ अन्वेषण गरिने जानकारी दिएका हुन्।
यसअघि दैलेखमा गरिएको अन्वेषणको अन्तिम नतिजा आउन बाँकी रहेको मन्त्री पौडेलले उल्लेख गरे।
त्यस्तै, सिलगुडी/चारआली पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना समेत सरकारले बजेटमार्फत अघि सारेको छ।