दमकको औद्योगिक पार्क प्रविधियुक्त बन्ने, चामल उत्पादनमा आत्मनिर्भरता लक्ष्य

काठमाडौं । सरकारले झापाको दमकस्थित नेपाल–चीन मैत्री औद्योगिक पार्कलाई आधुनिकीकरण गरी विकास गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो औद्योगिक पार्कलाई आधुनिक प्रविधियुक्त बनाइने जानकारी दिएका हुन्।

साथै मन्त्री पौडेलले आगामी दुई वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको घोषणा गरे ।

Share News