बलेफी हाइड्रोको हकप्रदमा ५० हजारको आवेदन, आज खरिद गर्ने अन्तिम दिन

<p>काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता [&hellip;]</p>

काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको हकप्रद सेयरमा मंगलबार ५ बजेसम्म ५० हजार ४३८ जनाले २० लाख २० हजार ८१९ कित्ताका लागि २० करोड २० लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको आवेदन परेको छ ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share News