नेपाल एसबिआई बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा १५ प्रतिशत छुट

<p>काठमाडौं । नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्&#x200d;याडिसन होटलमा छुट पाउने भएका छन् । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्&#x200d;याडिसन होटेलमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंक र र्&#x200d;याडिसनहोटलबीच डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्‍याडिसन होटलमा छुट पाउने भएका छन् । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्‍याडिसन होटेलमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंक र र्‍याडिसनहोटलबीच डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) दीपक कूमार देको उपस्थितिमा प्रमुख संचालन अधिकृत विकास आनन्द र र्‍याडिसन होटेलका निर्देशक (खाध्य तथा पेय पदार्थ), केदार पाण्डेले आदानप्रदान गरेका थिए ।

हाल बैंकले १ सय शाखा कार्यालय, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share News