टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रको ७२ वर्षको उमेरमा निधन

<p>&nbsp; काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएकाे छ । उनकाे उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हाे । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । उनकाे पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । मुलुकको पर्यटन [&hellip;]</p>

 

काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएकाे छ । उनकाे उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हाे ।

मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए ।

उनकाे पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मुलुकको पर्यटन विकासका लागि टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् ।

Share News