मेटलाइफ नेपालले बाढी पीडितलाई दियो २५ लाख रुपैयाँ

<p>काठमाडौं । मेटलाइफ नेपालले प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष मार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग गरेको छ । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको हो । यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी [&hellip;]</p>

काठमाडौं । मेटलाइफ नेपालले प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष मार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग गरेको छ ।

नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको हो ।

यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य मेटलाइफ नेपालले राखेको छ ।

मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले भने, ‘अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ ।’

Share News