बीमालेख धितो राखेर बीमितले लिए ९५ अर्बभन्दा बढी कर्जा

कुन कम्पनीबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूबाट ९५ अर्बभन्दा बढी बीमालेख धितो कर्जा प्रवाह भएको छ । 

सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूबाट सो अवधिमा बीमितले ९५ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ बराबरको कर्जा लिएका हुन्  ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बीमितले आफ्नो बीमालेख धितोमा राखि ३४ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी कर्जा लिएका छन् । गत आवको यही अवधिमा बीमितले ३५ अर्ब १५ करोड रुपैयाँ बरारबको कर्जा लिएका थिए । गत आवको तुलनामा कम्पनीबाट प्रवाह हुने बीमालेख धितो कर्जा १.२७ प्रतिशतले घटेको छ ।

नेपाल लाइफका बीमितपछि लाइफ इन्स्योरेन्स कर्पोेरेशन नेपाल (एलआईसी नेपाल) का बीमितले बीमालेख धितो राखी १९ अर्ब ६८ करोड रूपैयाँ कर्जा लिएका छन् । गत आवको तुलनामा बीमालेख धितो कर्जा ६.८८ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा कम्पनीबाट २१ अर्ब १४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ ।

त्यसैगरी, नेशनल लाइफका बीमितले १२ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ कर्जा लिएका छन् । गत आवको यही अवधिमा नेशनल लाइफका बीमितले १२ अर्ब ४७ करोड ३० लाख रुपैयाँ बराबरको कर्जा लिएका थिए । गत आवको तुलनामा कम्पनीबाट प्रवाह हुने बीमालेख धितो कर्जा प्रवाह ०.०२ प्रतिशतले बढेको छ ।

त्यस्तै, एशियन लाइफका बीमितले ५ अर्ब ३० करोड रुपैयाँ, सानिमा रिलायन्सका बीमितले २ अर्ब ६ करोड रुपैयाँ, मेट लाइफका बीमितले १ अर्ब ७२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफका बीमितले १ अर्ब ५६ करोड रुपैयाँ बराबरको कर्जा लिएका छन् । 

त्यस्तै, आईएमई लाइफ इन्स्योेरेन्सका बीमितले १ अर्ब ४० करोड रुपैयाँ, सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले १ अर्ब ३३ करोड रुपैयाँ, सन नेपाल लाइफका बीमितले ८० करोड ४९ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफका बीमितले ७० करोड २६ लाख रुपैयाँ कर्जा लिएका छन् ।

null

Share News