नेपाल लाइफ इन्साेरेन्सको टिकटक प्रतिस्पर्धा घोषणा, प्रथम हुनेलाई तीस हजार नगद

<p>काठमाडौं । नेपाल लाइफ इन्साेरेन्सले बडादशैंको विशेष अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । इन्साेरेन्सले &#8216;हामीलाई त बडा दशैं लाग्यो है!&#8217; नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने इन्स्याेरेन्सले जनाएकाे छ । उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरूलाई क्रमश रु. ३० हजार, २० [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्साेरेन्सले बडादशैंको विशेष अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।

इन्साेरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है!’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने इन्स्याेरेन्सले जनाएकाे छ ।

उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरूलाई क्रमश रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने बताइएकाे छ ।

विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ । यस प्रतिस्पर्धामा कार्तिक २४ गतेसम्म सहभागी हुन सकिनेछ ।

साथै इन्स्योरेन्सले सबैमा दशैंकाे शुभकामना पनि टक्र्याएकाे छ ।

Share News