एनसीएचएल र आइएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेटका लागि सम्झौता

<p>काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रालिबीच आइएमएसको बिलिङ सफ्टवेयरमा डाइनामिक नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता भएको छ । सो सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे । यस साझेदारीपछि आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी [&hellip;]</p>

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रालिबीच आइएमएसको बिलिङ सफ्टवेयरमा डाइनामिक नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे ।

यस साझेदारीपछि आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्छन् ।

यस सेवाको सुरुवातसँगै आइएमएसका बिलिङ्ग सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्युआरमार्फत सहज रुपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनुका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सक्नेछन् ।

आइएमएस सफ्टवेयर प्रालि नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो । यसले आफ्ना ग्राहकहरुका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ ।

आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापानलगायतका देशमा २०,००० भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

यस्तै, नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्यूआरमा आबद्ध भई ग्राहकहरूबाट क्यूआरमार्फत भुक्तानी प्राप्त गर्न आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।

Share News