निफ्राको लक इन पिरियड फागुन २३ गते, एकैपटक १२.९६ करोड कित्ता कारोबारमा आउने

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरको लक इन पिरियड फागुन २३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको बैंकले जनाएको छ । संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता सेयरको लक इन अवधि सकिन लागेको बैंकको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरको लक इन पिरियड फागुन २३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको बैंकले जनाएको छ ।

संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता सेयरको लक इन अवधि सकिन लागेको बैंकको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ ।

लकइन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् ।

Share News