काठमाडौं । २० वटा वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गरेका हुन् ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ ।
एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज ३० गते सम्पन्न २९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
सानिमा बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको हो । उक्त लाभांश कात्तिक २ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
एनआईसी एशिया बैंकले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २८ गते सम्पन्न २६औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २६ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशत अर्थात् ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर ५ गते सम्पन्न २२औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २४ गते सम्पन्न ३७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २८ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको पुस १३ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ ।
नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस १२ गते सम्पन्न ३९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद (करसहित) गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले २३औं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे आह्वान गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँको ५.५ प्रतिशत अर्थात् ८६ करोड ५५ हजार ७३८ रुपैयाँ बराबरको नगद प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।