काठमाडौं । एम.ए.डब्ल्यु इण्टरप्राइजेज प्रा.लि.को सोरुमबाट सवारी साधन हराएको छ । एम.ए.डब्ल्यु इण्टरप्राइजेजको काठमाडौंको थापाथलीस्थित सोरुममा राखेको बा.प्र.०१–०२५–१०६६ नम्बरको सेतो रङको स्कोडा गाडी हराएको कम्पनीले जनाएको छ ।
हालसम्म उक्त सवारी फेला नपरेको हुँदा फेलापार्ने ब्यक्तिले नजिकैकको प्रहरी कार्यालय वा एम.ए.डब्ल्यु इण्टरप्राइजेजमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कम्पनीका अनुसार उक्त सवारी वि.सं. २०७८ मंसिर १५ गते बिहान हराएको हो । कम्पनी स्रोतका अनुसार उक्त गाडी २ वर्ष अगाडि हराएको भएपनि बीमा दावी प्रयोजनका लागि सूचना जारी गरिएको हो । 