सुरु भयो सेरेस थ्रीको डेलिभरी

<p>काठमाडौं । सेरेसले नेपालमा सेरेस थ्रीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेस थ्रीले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो छनोटको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ। आफ्नो पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस थ्रीले दिगो यातायातको क्षेत्रमा महत्त्वपूर्ण छलाङ प्रदान गरेको [&hellip;]</p>

काठमाडौं । सेरेसले नेपालमा सेरेस थ्रीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेस थ्रीले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो छनोटको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ।

आफ्नो पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस थ्रीले दिगो यातायातको क्षेत्रमा महत्त्वपूर्ण छलाङ प्रदान गरेको छ।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ। यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रति सेरेसको समर्पणलाई थप प्रकाश पार्दछ।

Share News