
काठमाडाैं । डिजिटल वालेट आइएमई-पेबाट इन्टरनेट र पानीको बिल तिर्दा एक सय रूपैयाँसम्म छुट पाइने भएको छ ।
कम्पनीले हालै सार्वजनिक गरेको विकेट टू बीन नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको बताएको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले विल भुक्तानीमा छुट पाउने भएका हुन् ।
यस्तो छुट पाउनको लागि, सेवाग्राहीले पानीको बिल भुक्तानी गर्दा ‘WATER’ इन्टरनेट को बिल तिर्दा ‘INTERNET’ प्रोमो कोड राख्नु पर्ने कम्पनीले बताएको छ।
अफर अन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तराल भरी जति पटक पनि प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ । इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाइने कम्पनीले बताएको छ ।
‘आइएमई-पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।