सिजेएन पत्रकारिता पुरस्कार बस्नेतलाई

<p>काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले हरेक वर्ष प्रदान गर्दै आएकोे सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गरेको छ । विगत डेढ दशकदेखि सहकारी क्षेत्रलाई मुख्य बिट बनाएर पत्रकारिता गर्दै आएका बस्नेतलाई सिजेएनले यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सिजेएनको १३ औं स्थापना दिवसको अवसरमा आज [&hellip;]</p>

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले हरेक वर्ष प्रदान गर्दै आएकोे सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गरेको छ ।

विगत डेढ दशकदेखि सहकारी क्षेत्रलाई मुख्य बिट बनाएर पत्रकारिता गर्दै आएका बस्नेतलाई सिजेएनले यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

सिजेएनको १३ औं स्थापना दिवसको अवसरमा आज आयोजित एक औपचारिक कार्यक्रमकमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

सचिव दुवाडीले बस्नेतलाई प्रशंसापत्र र नगद २० हजार सहित पुरस्कृत गरेका थिए ।

यसैगरी, सिजेएनले यस बर्ष संस्थापक सम्मान संस्थाका संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष शर्मिला ठकुरीलाई प्रदान गरेको छ ।

उनले विगत डेढ दशकदेखि आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएकी छिन् ।

सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा संस्थापकहरुलाई क्रमशः सम्मान गर्दै आएको छ ।

Share News