अर्नाले घोषणा गरेको पुरस्कार पाउने क्रिकेट खेलाडी को-को हुन् ?

<p>काठमाडौं । यती ब्रुअरीको उत्पादन अर्ना बियरले ५ जना क्रिकेट खेलाडीलाई साढे ८ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । अर्ना बियरले भारतसँगको खेलमा चौका र छक्का हान्ने खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । भारतविरुद्ध १८ चौका र ४ छक्का प्रहार वापत अर्ना वियरले ५ जना खेलाडीलाई ८ लाख ५० हजार रुपैयाँ [&hellip;]</p>

काठमाडौं । यती ब्रुअरीको उत्पादन अर्ना बियरले ५ जना क्रिकेट खेलाडीलाई साढे ८ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । अर्ना बियरले भारतसँगको खेलमा चौका र छक्का हान्ने खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

भारतविरुद्ध १८ चौका र ४ छक्का प्रहार वापत अर्ना वियरले ५ जना खेलाडीलाई ८ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको हो । जसमध्ये सबैभन्दा धेरै कुशल भुर्तेलले ३ चौका र २ छक्का वापत २ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, आशिप सेफले ८ चौका वापत २ लाख रुपैयाँ, गुल्शन झाले ३ चौका वापत ७५ हजार रुपैयाँ, दिपेन्द्र सिंह ऐरीले ३ चौका वापत ७५ हजार रुपैयाँ र सोमपाल कामीले १ चौका र २ छक्का वापत २ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने बताएको थियो ।

Share News