विभिन्न सहरमा गोल्डेन ओक कमेडी यात्रा हुँदै

<p>काठमाडौं । नेपालका विभिन्न सहरमा गोल्डेन ओक कमेडी यात्रा हुने भएको छ । नेपालकै प्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरूलाई हाँसोको नयाँ प्रस्तुती दिने गरी तयारी गरिरहेको छ । यसका लागि गोल्डेन ओकले देशभित्रका विभिन्न सहरहरूमा कमेडी यात्रा गर्न लागेको हो । दर्शकहरूलाई हसाउँने अनि नचाउँने उद्देश्यका साथ गोल्डेन ओकले कमेडी यात्रा [&hellip;]</p>

काठमाडौं । नेपालका विभिन्न सहरमा गोल्डेन ओक कमेडी यात्रा हुने भएको छ ।

नेपालकै प्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरूलाई हाँसोको नयाँ प्रस्तुती दिने गरी तयारी गरिरहेको छ ।

यसका लागि गोल्डेन ओकले देशभित्रका विभिन्न सहरहरूमा कमेडी यात्रा गर्न लागेको हो ।

दर्शकहरूलाई हसाउँने अनि नचाउँने उद्देश्यका साथ गोल्डेन ओकले कमेडी यात्रा गर्न लागेको हो ।

हाँस्य कलाकारहरू कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिवशंकर रिजालले कमेडी यात्राको लागि आफ्नो प्रस्तुती दिने भएका छन ।

गोल्डेन ओक कमेडी यात्रा १६ भदौदेखि हुने भएको छ । यस्तो यात्रा भदौ १६ गते हेटौडामा, १७ गते जनकपुरमा, १८ गते लालबन्दीमा, १९ गते लहानमा र २० गते चन्द्रपुरमा हुने भएको छ ।

Share News