काठमाडौं । विराटनगरमा प्रत्येक शनिबार ‘मेरो देश, मेरो उत्पादन’ भन्ने नारासहित स्याटर्डे मार्केट सञ्चालन हुने भएको छ ।
उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको सहकार्यमा शनिबारीय बजार सुरु गर्न लागिएको उद्योग संगठन मोरङले बताएको छ ।
घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहन गर्नको लागि शनिबारीय बजार सुरु गर्न लागिएको बताइएको छ ।
भदौ १६ गते शनिबारबाट यस्तो बजार सुरु गर्न लागिएको उद्योग संगठन मोरङले बताएको छ ।
युवा तथा महिलाहरुमा निहित सीपको प्रयोगबाट घरमै उत्पादन भएका बस्तुको बजार व्यवस्थापन गरिदिने उद्देश्यले यस्तो सातामा एक दिन बजार सुरु गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
मोरङ संगठनको प्राङगणमा आयोजना हुने बजारमा १७ देखि २१ वटासम्म स्टल रहने र प्रत्येक स्टलले तीन सय रुपैया तिर्नुपर्ने छ ।
बजारमा घरायासी प्रयोजनका सामाग्रिहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामाग्रिहरु, खाद्य वस्तुहरु, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरु जस्ता समाग्री रहने छन् ।