हुलास वायरले सम्पन्न गर्यो संवर्धन समारोह

<p>काठमाडौं । हुलास वायर इण्डष्ट्रिजले शुक्रबार इटहरीस्थित वेष्टनमा हुलास वायर “संवर्धन समारोह” सम्पन्न गरेको छ । कम्पनीले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा को प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न गरेको हो । हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, हुलास वायरका अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले [&hellip;]</p>

काठमाडौं । हुलास वायर इण्डष्ट्रिजले शुक्रबार इटहरीस्थित वेष्टनमा हुलास वायर “संवर्धन समारोह” सम्पन्न गरेको छ । कम्पनीले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा को प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न गरेको हो ।

हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, हुलास वायरका अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सामुहिक रुपमा रिमोटद्वारा स्विचिंग गरि समारोहको उद्घाटन गरे ।

सो कार्यक्रममा लामो समयदेखि कम्पनीमा आवद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरुलाई अध्यक्ष राजलक्ष्मी गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री उद्धव थापा, ब्रान्ड एम्बेस्डर क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छाद्धारा स-सम्मान कदरपत्र वितरण गरिएको थियो

Share News