गैरव्यवसायिक कारणले खराब कर्जा बढ्यो, निजी क्षेत्र ऋणको भारमा पर्यो : गभर्नर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गैर व्यवसायिक कारणले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बताएका छन् । राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले व्यवसायिक भन्दा पनि गैर व्यवसायिक कारणले बैंकको खराब कर्जा बढ्न गएको बताएका हुन् । यस्तै, उनले नेपालको निजी निजी क्षेत्र अधिक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गैर व्यवसायिक कारणले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बताएका छन् ।

राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले व्यवसायिक भन्दा पनि गैर व्यवसायिक कारणले बैंकको खराब कर्जा बढ्न गएको बताएका हुन् ।

यस्तै, उनले नेपालको निजी निजी क्षेत्र अधिक ऋण भारमा परेको बताएका छन् । उनले पछिल्लो १० वर्षमा कर्जाको औसत वृद्धिदर १९.४ प्रतिशत रहेको बताउँदै सोही अनुपातमा नेपालको कुल ग्रार्हस्थ उत्पादन नबढेको बताए ।

उनका अनुसार नेपालमा कर्जा र जिडीपीको अनुपात नमिलेकाले आगामी दिनमा कर्जाको वृद्धि भन्दा गुणस्तर बढाउन आवस्यक छ ।

कर्जा दूरुपयोग भएको हो भने जसरी पनि असुली गर्छौ, प्राकृतिक प्रकोप र साँच्चिकै समस्या परेको हो भने वस्तुस्थिति हेरेर त्यस्ता ऋणीलाई बैंकिङ सहुलियत दिन सकिन्छ, कतिपयले

उनले सेयर धितो कर्जा लगायत तीन वटा जोखिम भार २५ लाखसम्मको १ सय र त्यो भन्दा बढिको मा १५० प्रतिशत रहेकोमा अब २५ लाखको कर्जामा ५० प्रतिशत जोखिम भार कायम गर्ने बताए । उनका अनुसार घरजग्गाको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम हुने बताए ।

Share News