
काठमाडौं । आजदेखि भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतको नयाँदिल्ली स्थित विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।
प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री भएपछि प्रचण्डले गरेको यो पहिलो विदेश भ्रमण हो ।
भारतले नेपालका प्रधानमन्त्रीहरुको भारत भ्रमणमा व्यक्तिअनुसार स्वागत गर्ने गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओली ०७४ सालमा भारत भ्रमणमा गएको बेला स्वागतको लागि गृहमन्त्री पठाएको भारत सरकारले ०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा जाँदा रक्षा राज्यमन्त्री पठाएको थियो ।