राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट लगाए भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका लगाएका छन्। उनले बुधबार बिहान शुभसाइतमा बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा भाइटीका ग्रहण गरेका हुन् ।

नेपाली हिन्दू धर्मावलम्बीले दिदीबहिनी र दाजुभाइबीचको प्रेम, आत्मीयता तथा पारिवारिक सम्बन्धको प्रतीकका रूपमा भाइटीका पर्व मनाउने गर्छन् ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने तथा मखमली र सयपत्री फूलको माला पहिर्याउने परम्परा छ ।

Share News