राष्ट्र बैंकको एक झट्काले नेपाल इन्भेष्टमेन्ट बैंकको ५० करोड नाफा घट्छ

<p>नेपाल इन्भेष्टमेन्ट बैंकका २६ वटा र मेगा बैंकको ६२ वटा शाखा कार्यालय उपत्यका भित्र छन् । मर्जरपश्चात् उपत्यका भित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यका बाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय २०२ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । जुन सबैभन्दा बढी शाखा हुने बैंकको सूचीमा तेश्रो हो । त्यस्तै, कर्मचारी संख्या [&hellip;]</p>

नेपाल इन्भेष्टमेन्ट बैंकका २६ वटा र मेगा बैंकको ६२ वटा शाखा कार्यालय उपत्यका भित्र छन् । मर्जरपश्चात् उपत्यका भित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यका बाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय २०२ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । जुन सबैभन्दा बढी शाखा हुने बैंकको सूचीमा तेश्रो हो ।

त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् । मर्जरपश्चात् बैंक सबै सूचकमा बलियो, दरिलो र अब्बल हुनेछ । कर्पाेरेट र एसएमईमा क्षेत्रमा कर्जा बढ्नेछ । जसले गर्दा बैंकलाई जोखिम कम हुन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको कूल सम्पत्ति १७९ अर्ब रुपैयाँबाट ७ प्रतिशत बढेर १८६ अर्ब रुपैयाँ, कर्जा १६१ अर्ब रुपैयाँबाट १६४ अर्ब रुपैयाँ, कूल लगानी ३५ अर्ब रुपैयाँबाट ४४ अर्ब पुगेको छ । कूल सञ्चालन नाफा ५.५६ अर्बबाट घटेर ४.९८ अर्बमा झरेको छ । खुद नाफा ३.५५ अर्बबाट बढेर ३.७९ अर्ब पुगेको छ । एनपीए २.४६ बाट १.४९ प्रतिशत झरेको छ । क्यापिटल एडुकेसी रेसियो १४.७१ प्रतिशतबाट १५.९७ प्रतिशतमा पुगेको छ । कर्जा निक्षेप अनुपात ७५ प्रतिशतबाट ८५ प्रतिशत पुगेको छ । गत वर्ष ग्राहक संख्या १ लाख २६ हजार बढेको छ ।

गत वर्ष बैंकले धेरै ठूलो रकम राइट अफ गर्नुपरेको छ । मेलम्चीमा इटालियन कम्पनीलाई निरन्तर गरेको भए ३/४ महिनामा सम्पन्न हुने थियो । केही पनि समस्या आउने थिएन । आन्तरिक सरकारका मुद्दाहरु, भ्रष्ट्रचारले गर्दा नोक्सानी व्यहोर्नु पर्याे । बैंकका कर्मचारी, व्यवस्थापन समूहलाई आरोप लगाउन मिल्दैन । बैंकको कन्ट्रोल भन्दा बाहिरको विषय हो । इटलीमा रिकोभरी गर्न सफल भएका छौं । हाम्रो एक्स्पोजर एक अर्ब ७ करोड रुपैयाँ थियो । इटालियन कम्पनीले २५ करोडको वित्तीय उपकरण दिएपछि बाँकी ७५ करोड राइट अपमा राखेको छौं । अब सीएमसी अन्तर्राष्ट्रिय अदालतमा गएको छ । सिंगापुरको एआरटी कोर्टमा जान लागेको छ । त्यो अदालतमा गयो भने ९९.९९ प्रतिशत जित्छ । विवाद कमिटिमा २ जना वकिल बाहिरको र एक जना वकिल नेपालको हुनुहुन्छ ।

अर्काे हप्ता मुद्दा दायर हुन्छ । एकदुई वर्ष समय लाग्न सक्छ । हाम्रो पैसा कहीँ जाँदैन रिकोभरि भएर आउँछ । बैंकको अध्यक्ष भएको नाताले म पूर्ण विश्वस्त छु । हाललाई यसलाई राइट अप गर्नु परेको हो । साँवा मात्रै होइन ब्याज पनि आउँछ । उनीहरुले ७ अर्बको दाबी गरेका छन् । हामीले १ अर्ब ३५ करोड जति पाउने अनुमान छ ।

हामी विभिन्न मुद्दाहरुमा कन्जरभेटिभ भएर गयौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो कम छ । जब ८० प्रतिशत सीडी रेसियो थियो त्यो बेलामा नेपाल इन्भेष्टमेन्ट बैंकले ७६ प्रतिशत मेन्टेन गरेको थियो । अन्य बैंकको ८० प्रतिशतमा हुन्थ्यो । कोरोना महामारीमा ८० प्रतिशतबाट ९० प्रतिशत पुयाएपछि यस बैंकको सीडी रेसियो ८८ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले स्प्रेड दर घटाएको छ । राष्ट्र बैंकले पेलेको पेलै छ । पहिला–पहिला स्प्रेड रेट नै लागू गरेको थिएन । सुरुमा ५ प्रतिशत कायम गर्याे । घटाउँदै ४.५ प्रतिशतबाट ४.४ प्रतिशतमा झारेको थियो । फेरि अहिले आएर ४ प्रतिशतमा झारेको छ । ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झार्दा बैंकको १० प्रतिशत नाफा घट्छ । राष्ट्र बैंकले बैंकहरुको नाफा मात्रै देखेको छ । उद्योगी व्यवसायीहरुले पनि बैंकका विरुद्ध नै आन्दोलन गरेका छन् । चारैतिरबाट बैंकलाई पेलेको पेलै छ ।

यहि हिसाबमा बैंक अघि बढ्ने हुन भने बैंकहरुको भविष्य राम्रो छैन । स्प्रेडदर घट्दा बैंकको १० प्रतिशत घट्छ । जसले बैंकको ४०/५० करोड नाफा घट्छ । राष्ट्र बैंकको निर्णयले एक झट्कामा नै ४०/५० करोड रुपैयाँ नाफा घट्छ । आगामी दिनमा पनि राष्ट्र बैंकले अझै कडाई गर्ने देखिन्छ ।

बैंकको ५७७ औं बैठकले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । गत २ वटा नयाँ शाखा विस्तार मात्रै विस्तार भएका छन् । मर्जर गर्ने भनेर बैंकले शाखा विस्तार गरेन । नयाँ शाखा विस्तार गर्दा ६/७ वर्ष पश्चात् मात्रै नाफा हुन्छ ।

कोरोना महामारी अघि डिजिटल पेमेन्टमा जोड दिएको हो । कोरोनाले गर्दा मोबाइल वालेटमा सुधार गर्न सकिएको छैन । डिजाइन राम्रो भएन भनेर ग्राहकहरुले गाली गर्नुहुन्छ । त्यसलाई सुधार गर्ने योजना छ । थैली वालेटलाई निरन्तर अपग्रेड गर्दै जाने हो । क्रेडिट रेटिङमा बैंकले ए रेटिङ प्राप्त गरेको छ ।

बैंकले गत वर्ष एक्सलेन्स इन क्रस बोर्डर बिजनेश अवार्ड प्राप्त गर्न सफल भएको छ । यो फाइनान्सियल टाइम्स अफ लण्डनले उक्त अवार्ड दिएको प्रदान गरेको हो । यो चानचुने अवार्ड होइन । यो बैंकिङ क्षेत्रको ओस्कार अवार्ड हो ।

गत वर्ष १७४ जना कर्मचारीले बैंक छोडेका थिए । महिला कर्मचारी ४८ प्रतिशत छ । ६८१ जना कर्मचारी १० वर्षभन्दा बढी समयदेखि सेवा गरिहरेका छन् । कर्मचारीलाई पनि तालिम दिइरहेका छौं । कर्मचारीको तालिमको लागि गत वर्ष ९५ लाख रुपैयाँ खर्च भएको छ ।

सामाजिक उत्तरदायित्वमा नाफाको १ प्रतिशत खर्च गर्नुपर्नेमा १.६७ प्रतिशत अर्थात् ५ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । गत वर्षको साधारण सभाले सामाजिक उत्तरदायित्वमा बढी खर्च गर्नु पर्याे भनेपछि यस वर्ष बढाएको हो । मारवाडी समुदाय समितिलाई २५ लाख रुपैयाँ, डा. भगवान कोइरालाले सञ्चालन गर्नु भएको काठमाडौं इन्स्च्युट अफ चाइल्डलाई ५० लाख रुपैयाँ, पशुपति क्षेत्रलाई सरसफाइ गर्न ९७ लाख रुपैयाँ सहयोग गरेको छ । पशुपति क्षेत्र पहिलाभन्दा अहिले धेरै सफा छ । जसको मुख्य कारण नेपाल इन्भेष्टमेन्ट बैंक हो । पशुपतिलाई हालसम्म बैंकले ५ करोड १४ लाख रुपैयाँ सहयोग गरिसकेको छ । खेलकुदमा पनि सहयोग गरिएको छ । मेलम्चीमा पनि सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्वमा सबैभन्दा धेरै पशुपति क्षेत्र विकास कोसलाई सहयोग गरेको हो । आर्मी र प्रहरीले बैंकलाई धेरै सहयोग गर्दा चाहेको बेलामा निक्षेप दिनुहुन्छ । अर्काे वर्ष लुम्बिनीमा सहयोग गर्ने योजना छ । पर्यटन र धार्मीक क्षेत्रलाई सहयोग गर्नु पर्छ । विदेशीलाई मात्रै माग्ने जाने होइन ।

नेपाल इन्भेष्टमेन्ट बैंकको अनवश्यक खर्च कटौती गरिएको छ । खर्च नियन्त्रणमा कडाइ गरिएको छ । म पनि संस्थापक सेयरधनी हो । त्यो खर्च कटौती गर्याे भने मेरो पनि नाफा बढ्छ । बैंकको २ पैसा बच्यो भने मेरो पनि बच्छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा अप्रेटिङ कस्ट १.४ प्रतिशत छ । सञ्चालहरुले अनावश्यक भत्ता पनि लिएका छैनन्, सञ्चालक समितिको बैठक हेर्दा हुन्छ ।

मर्जर पश्चात् बैंकका कर्मचारीले खाइअपाई आएको सेवा घट्दैन । नेपाल इन्भेष्टमेन्टको १.४ प्रतिशत र मेगा बैंकको १.७९ प्रतिशत छ । खर्च बढाएर २ प्रतिशतमा जाने हो भने सेयरधनीहरुले लाभांश नै पाउनुहुन्न, कर्मचारीको खर्च १.६ प्रशिशत भन्दा कम गर्ने प्रयास छ ।

भिआरएस स्किम दिएर कर्मचारीलाई बिदाइ गर्ने हो तर कर्मचारीलाई जबर्जस्ति निकाल्दैनौ । मर्जर पश्चात् यो मेगा बैंकको कर्मचारी, त्यो नेपाल इन्भेष्टमेन्ट बैंकको कर्मचारी भन्न मिल्दैन । सबै नेपाल इन्भेष्टमेन्ट बैंकको कर्मचारी हुन् । सबै कर्मचारीको एक–एक गरी मूल्याङ्कन गर्छु । कर्मचारीको ५ बर्षमा कर्मचारीको बढुवा किन भएन भनेर प्रश्न गर्छु । कर्मचारीको व्यवस्थापनमा म आफै हेर्छु ।

नेपाल राष्ट्र बैंकको निती, देशको आर्थिक स्थिती, कोरोना महामारीको असर, रुस र यूक्रेन युद्ध र महँगी बढेका कारण सेयरधनीहरुले पाउने लाभांश घट्छ । सबै बैंकको ११ प्रतिशतदेखि १३ प्रतिशतसम्म लाभांश हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपश्चात् १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने लक्ष्य छ ।

बैंक ठूलो होस् वा सानो होस्, नेपाल इन्भेष्टमेन्ट बैंक टप थ्रीमा हुन्छ । कहिले एक नम्बर र दुई नम्बरमा हुन्छ होला तर टप थ्रीमा हुनु पर्छ । प्रतिस्पर्धा गरेर नम्बर वान बन्ने होइन, बैंकलाई सुरक्षित गर्ने हो । हिमालयन बैंकसँग मर्जर हुन नसकेपछि दबावमा थियौं । पार्टनर खोज्दा–खोज्दा अहिले एकदमै बेस्ट पार्टनर मेगा बैंक पाएका छौं ।

(नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापक अध्यक्ष पाँडेले ३६ औं वार्षिक साधारण सभामा प्रस्तुत गर्नु भएको मन्तव्य)

Share News