काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट कात्तिक ४ गते स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ ।
कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ८२ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४९० वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ११२ वटा बीमालेख बिक्री गरेको छ ।
सावधिक (रेगुलर) जीवन बीमालेख
सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ९४३ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका २१८ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार ७११ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३२१ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ६ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिका २ वटा बीमालेख बिक्री गरेको छ ।
सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावाधिक बीमालेख
यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ४४६ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ८३० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३७ हजार ४१८ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ११ हजार ७४ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका १५१ वटा र ३० वा सोभन्दा माथि अवधिका ५८ वटा बीमालेख बिक्री गरेको छ ।
वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ३५ रुपैयाँ बोनसदर तोकेको छ ।
कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३६१ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार ८३१ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका १० हजार ४२ वटा बीमालेख बिक्री गरेको छ ।
सावधिक तथा आजीवन बीमालेख (सिटिजन सारथी जीवन बीमा योजना)
सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ५७ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १६६ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ८५८ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ८ हजार २९६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ६ हजार ६१९ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २३४ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ५५ वटा बीमा लेख बिक्री गरेको छ ।