काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले असोजसमममा ४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिसम्ममा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
असोजसम्ममा कम्पनीले व्यापारमा पनि सुधार गरेको छ । कम्पनीले असोजसम्ममा ९९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क ९.९१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले ३३ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २९ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १३.८० प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा कम्पनीको बीमा कोषको आकार ३२.१५ प्रतिशतले बढेको छ । कम्पनीको गत अघिल्लो वर्षको यही अवधिमा बीमा कोषमा ९ अर्ब ९३ करोड ५३ लाख रुपैयाँ रहेकोमा चालु आवमा १३ अर्ब १२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
चुक्तापुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको असोजसम्ममा महाविपत्ति कोषमा १६ करोड ८१ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८ करोड १५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ६१ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।