काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्ममा बीमा कोषमा ८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १०२.२४ प्रतिशतले बढेको छ । गत आवमा घाटा व्योहोरेका कम्पनीले यस वर्षको सोही अवधिमा पनि घाटा व्योहोरको छ । कम्पनीको वित्तीय विवरणअनुसार असोजसम्ममा कम्पनीले २९ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २० करोड २ लाख रुपैयाँ घाटा व्योहोरेको थियो ।
असोजसम्ममा कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आावको यही अवधिमा कम्पनीले ४४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीकिो कुल बीमाशुल्क २८.८८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा १३ करोड १२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १७.२१ प्रतिशतले बढेको छ ।
चुक्तापुँजी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको असोज मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा ५ करोड २४ लाख रुपैयाँ, स्पेसल रिर्जभमा ८१ करोड ४५ लाख रुपैयाँ, अन्य इक्विटीमा ११ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १९ करोड ७८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ५ करोड २४ लाख रुपैयाँ, स्पेसल रिर्जभमा ८१ करोड ४५ लाख रुपैयाँ, अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।
असोजसम्ममा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ५२.०५ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि ईपीएस ४०.०४ रुपैयाँले ऋणात्मक थियो । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३४.८२ रुपैयाँ रहेको छ ।