काठमाडौं । फोटोन मोटर्स नेपालले नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा भित्र्याएको छ । ट्युनल्याण्ड इ प्लस पिकअप समूहमा खेल परिवर्तन गर्ने स्तरोन्नतिहरुका साथ नेपाली बजारमा प्रवेश गरेको हो ।
अधिक कार्यक्षमताको लागि फोटोन ट्युनल्याण्ड इ प्लस सवारी निर्माणको क्षेत्रका केही उल्लेखनीय प्रविधिहरुका साथ सञ्चालन गरिएको कम्पनीले जनाएको छ । स्तरोन्नति पश्चात पिकअपले सम्पूर्ण नयाँ २.० एल इनलाइन, ३६०० आरपिएमकमा १४९.५५ को एक अद्वितीय शक्ति उत्पादन गर्ने तथा १८०० र ३००० आरपिएमको बीच ३२० एनएमको अधिकतम टर्क दिने छ । साथै, ४-सिलिण्डरको इन्जिन र ६-स्पीडयुक्त मानवचालित ट्रान्समिसनले यसलाई जुनसुकै किसिमको भूभागको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
ट्युनल्याण्ड इ प्लसमा इलेक्ट्रिक ब्रेक वितरण प्रणाली भएको थप विस्तारित ब्रेकिङ्ग प्रणाली एबिएस पनि रहेको छ । कम्पनीका अनुसार इबिडि प्रणाली सहितको एबिएसले गाडीको पाङ्ग्रामा भारको परिमाण अनुमान गर्न हरेक पाङ्ग्राको छिटो गति वा ढिलो गतिको जाँच गर्दछ, जसले गर्दा चुनौतीपूर्ण अवस्थामा ब्रेक लगाउनु पर्दा स्टेयरिङ्गलाई बढी नियन्त्रण गर्न सकिन्छ र केही परिस्थितिहरु जस्तै गिलो सडकमा रोक्नको लागि दूरीहरु कम गर्न मद्दत गर्छ ।
नयाँ शक्तिशाली ट्युनल्याण्ड इ प्लसले १०५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता राख्दछ । यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम भएकोले यो सबै खाले कार्यहरुको लागि एवं नेपाली भौगोलिक बनावट सुहाउँदो पिकअप साबित भएको कम्पनीको दावी छ ।
यसमा जडान गरिएको उत्कृष्ट टच स्क्रिन रियरभ्यू क्यामराले पछाडीको दृश्यावलोकन गर्न, टक्कर नलाग्ने गरी पछाडी सार्न एवं पार्किङ्गको समयमा आत्मविश्वास जगाउन ठूलो मद्दत गर्दछ ।
फोटोन ट्युनल्याण्ड इ प्लस स्पोर्टसले आफ्नो शक्तिशाली बनावटमा धेरै चित्ताकर्षक डिजाइनहरु प्नि प्राप्त गरेको छ । अग्र भागको केन्द्रमा फोटोन लोगोयुक्त ठूलो ३ धर्के क्रोम गरिएको ग्रिल राखिएको छ । प्रोजेक्टर हेडल्याम्प र सूचकहरु एउटै हाउजिङ्गमा एकीकृत गरिएका छन् । यसमा थप नयाँ परिवर्तन स्वरुप एलइडि डिआरएलहरु सबै नयाँ राखिएका छन् । पिकअपमा रनिङ्ग बोर्ड, क्ल्याम्पर, एन्टी-रोल ओभर बार र बेड लाइनर लगायतका धेरै उत्कृष्ट उपकरणहरु पनि रहेको कम्पनीले जनाएको छ ।